सुनको मूल्य घट्यो

०१ असोज , काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा १४ सयले घटेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा ७ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ६५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज घटेर तोलामा ११७० कायम गरिएको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment