आइतबार सुनचाँदीको भाउ कति ?

१३ जेठ, काठमाडाैं । आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ शुक्रबार पनि १ हजार ८५५ रुपैयाँमा नै कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३३४ दशमलव २ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ३६ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment