सोमबार सुनको भाउ सामान्य बढ्यो

१४ जेठ, काठमाडाैं । सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको सुनको भाउ आज ३०० रुपैयाँ बढेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको भाउ १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आइतबार पनि १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार प्रतितोला २५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३४४ दशमलव ३६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ८१ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment