शेयर बजार राताम्मे, ४०.२६ अंकले घट्दा कारोबार ५ अर्बमा सिमित

३० भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार राताम्मे भएको छ । आज नेप्से ४०.२६ अंकले घटेर दुई हजार ८ सय ८९ दशमलब ३ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, एनआइबीएल समृद्धि फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.८८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment