एमाले संसदीय दलको बैठक जारी

२७ भदौ, काठमाडौंँ । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए ।

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी एमालेको छ ।

आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको आक्रोशमा एमाले सांसदहरुले गत शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको आसन अगाडिको माइक खोसेर सभामुखको आसनतर्फ प्रहार गर्ने कोसिस गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

digital khabarhealthnepalNewsPolitictechnology
Comments (0)
Add Comment