श्री पशुपतिनाथमा जलहरी राख्दा कुनै अनियमितता भएको छैन :पशुपति क्षेत्र विकास कोष

२५ भाद्र, काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले पावन श्री पशुपतिनाथमा जलहरी राख्दा कुनै अनियमितता नभएको बताएको छ। कोषले एक बिज्ञप्ति जारी गर्दै केहि दिन पहिला विभिन्न संचार मध्यममा आएका समाचारहरु भ्रमपूर्ण र कपोकल्पित रहेको बताएको छ।

कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीको उपस्थितिमा सिसि टिभी क्यामेराको निगरानीमा श्री पशुपतिनाथको जलहरी राखिएको जानकारी दिदै कोषले कसैको निजि स्वार्थ र कुण्ठा पुरा नभएकै कारण आरोप प्रत्यारोप र प्रचारबाजी गरिएको भन्दै रोस प्रकट गरेको छ।

वर्तमान सदस्य सचिव डा. मिलन कुमार थापाले कोषाध्यक्ष रहंदा चार वर्षको कार्यकाल सफलता पुर्वक पुरा गरेको उल्लेख गर्दै बिज्ञप्तिमा अनर्गल प्रचारको पछी नलाग्न अनुरोध गरिएको छ।

पशुपति क्षेत्र विकास कोषकाे बिज्ञप्ति :



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownPashupatinathtechnology
Comments (0)
Add Comment