काठमाडौंका सीडीओ फेरिए

२२ भदाै, काठमाडाैँ । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। 

यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका काली प्रसाद पराजुली गृह मन्त्रालयमा सरुवा भएका छन्। काठमाडौंको सीडीओको जिम्मेवारी पाएका रिजाल बिहीबार हाजिर हुने तयारी छ।

दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment