यामाहाको ‘रेस फर द एस अफर’ शुरु

१८ भदौ, काठमाडौं । यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार अफर सार्वजनिक गरेको छ ।

कम्पनीले दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ शुरु गरेको हो । यो अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको छ ।

योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्तगर्न सक्नु हुनेछ भनें लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्कातास जित्न सक्नु हुनेछ ।

कम्पनीले विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।

नेपालभरका सबै यामाहा शोरुमहरुमा संचालित देशव्यापी उपहार योजनाको बारेमाजानकारी दिँदै एमएडब्लुका बजार प्रबन्धक राजु क्षेत्रीले भने, ‘हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजनातथा सेवाहरु उपलब्ध गराउनतत्पर रहन्छौं, यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजनाहामीले उपभोक्ताहरु समक्ष पेश गरेका छौं, यो योजनाबाट हाम्राउपभोक्ताहरु लाभान्तिहुनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’

नेपालमा यामाहा बाइकहरु एक अत्यन्तविश्वसनीय ब्राण्डको रुपमा चिरपरिचित छन् । यथार्थमा यामाहाबाइकहरु अत्याधुनिक नवीनतम प्रविधि एफआइयुक्त छन् र चलाउनलाई भरपूर आनन्द प्रदान गर्ने विशेषताहरुले परिपूर्ण छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment