नेप्सेमा आज उच्च अंकको गिरावट: ९ अर्ब ५० करोड ५९ लाख बराबरको कारोबार

१७ भदौ, काठमाडौं । केहि दिन यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से निरन्तर घटिरहेको छ । हिजो नेप्सेमा झिनो अंकको सुधार भए पनि आज फेरि उच्च अंकको गिरावट आएको हो । आज नेप्से ५०.२८ अंकले घटेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा थामिएको छ ।

त्यस्तै, आज ९ अर्ब ५० करोड ५९ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ९ अर्ब ३५ करोड १७ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५७ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment