पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखियो : स्वास्थ्य मन्त्रालय

१४ भदाै, काठमाडाैँ । सेरोप्रिभ्यालेन्सले पोजिटिभ वा निगेटिभ मात्रै हेरेकोले यसैलाई आधार मानेर रोग प्रतिरोधात्मक क्षमता राम्रो देखियो भनेर बुझ्न नहुने’

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोभिड-१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणमा पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ । त्यसैगरी एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा एन्टिबडी विकास भएको सर्वेक्षणमा पाइएको मन्त्रालयले जनाएको छ। 

मन्त्रायले कोभिड-१९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले सर्वेक्षण गरेको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार २०७८ असार २१ गते देखि साउन ३० गतेसम्ममा देशभरबाट संकलित नमुनामध्ये १३,१६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो ।

डा. पौडेलका अनुसार सेरोप्रिभ्यालेन्स अध्ययन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय तथ्यांक विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतको प्रत्यक्ष संलग्नतामा गरिएको थियो । ‘यसको प्रिन्सिपल इन्भेस्टिगेटर म नै हो । तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तथ्यांक संकलनको सबै पाटो आफैंले हेर्नुभएको थियो उनले भने हामीले सातै प्रदेशबाट नमुना संकलन गरेर तराई, पहाड, हिमाल सबैको प्रतिनिधित्व हुने गरेरे विश्लेषण गरेका हौं ।’

उनका अनुसार सेरोप्रिभ्यालेन्सका लागि संकलन गरिएको नमुनामा कोभिड-१९ विरुद्धको एन्टिबडी छ/छैन भनेर मात्र हेरिएको थियो । ‘हामीले एकदमै राम्रो सेन्सिटिभिटी भएको वान्टाइ भन्ने किटबाट गरिएको हो, उनले भने त्यसबारे हामी थप जानकारी छिट्टै पत्रकार सम्मलन गरेरै दिन्छौं ।’

मन्त्रालयले गरेको सर्वेक्षणमा प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरबाट संकलित नमुना ६८.६ प्रतिशतमा कोभिड-१९ एन्टिबडी देखिएको छ । त्यस्तै सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहरका सबै लिंग, उमेर, पेशा तथा सबै समूहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको छ । ‘यसले के देखाउँछ भने गाउँ-सहर पहाड-तराई भन्ने केही छैन ।

सबै क्षेत्र र समुदायमा संक्रमण फैलिएको छ भन्ने नै देखियो, उनले भने, ‘यसको मतलब हामीले अझै जनस्वास्थ्यको मापदण्ड पालना गर्नैपर्छ र झन् बढी सतर्क हुनुपर्छ ।’ सेरोप्रिभ्यालेन्सले पोजिटिभ वा निगेटिभ मात्रै हेरेकोले यसैलाई आधार मानेर रोग प्रतिरोधात्मक क्षमता राम्रो देखियो भनेर बुझ्न

प्रवक्ता डा. पौडेलका अनुसार भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । उनी भौतिक दुरी कायम गर्ने गराउने, भीडभाड नगर्ने नगराउने, घर बाहिर निस्कनै पर्ने भएमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने, सरसफाईमा ध्यान दिने र आफ्नो पालो अनुसार कोभिड-१९ विरुद्धको खोप लगाउनु जरुरी रहेको बताउँछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businesscorona virusCovid-19DeathdigitalkhabarhealthNewsVaccine
Comments (0)
Add Comment