एम्बुलेन्स हस्तान्तरण

१३ भदाै, दाङ । तुलसीपुर उपमहानगरपालिकाले वडा नं १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नगरप्रमुख पाण्डेले निर्वाचनमा गरेको वाचाअनुसार वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।

समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले बिरामी घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत तुलसीपुर उपमहागनरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

बाँकी चार वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार ४, ११, १५ र ८ मा रहेको मेट्रो हस्पिटललाई पनि एम्बुलेन्स हस्तान्तरण गरिने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AmbulanceBadi PahirobusinessCoronavirusCovid19digital khabardigitalkhabarhealthNewsPolitic
Comments (0)
Add Comment