साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

११ भदाै, काठमाडाैँ । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि निष्काशन तथा विक्री गर्न लागेको हो ।

आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आईपीओमा छिटोमा भदौ ११ गतेसम्म र उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment