घर भाड्ने म भए नि! माफि तिमिले माग्नु पर्छ

सम्मु पाैडेल ०४ भदाै, काठमाडौं ।

घर भाड्ने म भए नि! माफि तिमिले माग्नु पर्छ ।
बिधि बिधान अनुसासन तिमिले मात्र मान्नु पर्छ ।
पराइको पछि लागी मैले घर जलाएनि !
खरानिको टिका चाँहि तिमिले मात्रै लाउनु पर्छ ।

मुली तिमी भए पनि मैले पगरी गुथन पाउनु पर्थ्यो ।
अपजस जति तिमिले बोकि मैले जस पाउनुपर्थ्यो
हिजो म मुली हुदा तिमी भोकै बस्या बिर्सिएर ।
तिमीले चाबि लिए पनि मैले ताल्चा फोर्न पाउनुपर्थ्यो ।

छिमेकी सँग मैले जस्तै तिमीले म्याउँ गर्नुपर्थ्यो ।
घरमा आउने बाटो थुन्दा जदौ मालिक भन्नु पर्थ्यो ।
बाटो खोल्न अडान लियौ छिमेकीलाइ गलाएर ।
त्यो गल्तीको प्रायस्चित गरी तिमिले घर छोडनु पर्थ्यो ।

मैले जति बिथोलेनी जति बेइमान गरेपनी ।
मुली तिमी बने पनि मैले भन्या मान्नु पर्थ्यो ।
छिमेक सँग मिली मैले तिम्लाइ जति लात हाने पनि
घर मिलाउन टाउको काटी तिमीले मलाइ दिनुपर्थ्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticSambhu Poudeltechnology
Comments (0)
Add Comment