मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आगामी साताभित्र गर्ने तयारी

०२ भदौ, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आगामी साताभित्र गर्ने तयारी गरिएको छ।


धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आगामी साताभित्र मानुषी लघुवित्तको आईपीओ बाँडफाँड गर्ने काम भइरहेको छ। ‘अहिले प्रिअलटमेन्टको काम भइरहेको छ, शुक्रबारसम्म प्रिअलटमेन्ट काम सकिन्छ’, नेपाल एसबिआई मर्चेन्टका एक अधिकारीले भने, ‘सम्भवतः आगामी साता बुधबार वा बिहीबारसम्म आईपीओ बाँडफाँड गरिनेछ।’

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो।


अन्तिम दिनसम्म यो आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा ८३.१० गुणा बढी हो।

यो आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये १० कित्ता बढी आवेदन दिने भाग्यमानी ३ जनाले थप १/१ कित्ता सेयर पाउनेछन्। यो आईपीओमा साढे २३ लाख बढी आवेदकको हात खालि हुने भएको छ

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment