सल्लाघारीमा बसपार्क बनाउने प्रस्तावप्रति भक्तपुर नगरपालिकाको आपत्ति

०१ भदौ, भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी खुल्ला जग्गामा बसपार्क बनाउन गरिएको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौँ उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडीबुटी नजिक मनोहरा खोला कोरिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा बसपार्क बनाउने ब्यहोरासहितको प्रतिवेदन तयार गरेकोप्रति भक्तपुर नगरपालिकाले आज आपत्ति जनाएको हो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भक्तपुर सल्लाघारी तीनकुने सडक किनारबाट तत्कालको लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरिएकोप्रति नगरपालिकाले आपत्ति जनाएको हो । नगरपालिकाद्वारा आज जारी विज्ञप्ति भनिएको छ, “काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर भनपा–१ सल्लाघारीस्थित १०८ रोपनी खुल्ला जग्गामा पार्किङ व्यवस्थाको लागि प्रतिवेदन तयार गर्नु आपत्तिजनक छ । काठमाडौँ महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिकाले सचेत पार्न चाहन्छ ।”

उपप्रमुख खड्गीको नेतृत्वमा आएको कार्यदलका सबै सदस्यलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारीस्थित १०८ रोपनी जग्गामा नगरपालिकाले २०६० सालदेखिनै ख्वप विश्वविद्यालय स्थापना गरी सोअन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजनाकोबारेमा जानकारी गराए पनि जबर्जस्ती भक्तपुरमा बसपार्क बनाउन प्रतिवेदन तयार गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

बसपार्क क्षेत्रमा हुने वातावरणीय र सांस्कृतिक प्रदूषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन हुनुपर्ने भक्तपुर नगरपालिकाले सुझाव दिएको थियो । काठमाडौँ महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नु खेदजनक विषय हो भन्दै ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी भएको भक्तपुर नगरपालिकाको भनाइ छ । नगरपालिकालको सहमतिबिना यातायात सञ्चालनसम्बन्धी पेश गरेको प्रतिवेदनलाई गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रुपमा लिएको जनाएको छ ।

काठमाडौँ महागरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा रहेको बसपार्कलाई भ्यू टावर र अन्य व्यावसायिक प्रयोजनका लागि प्रयोग गरी पैसा कमाउने उद्देश्यले बसपार्क विस्थापित गर्ने र अन्य स्थानीय तहमा बसपार्क स्थानान्तरण गर्ने नियत गलत भएको भनपाको भनाइ छ । काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन काठमाडौँ उपत्यकाका स्थानीय तहको मात्र नभई नेपाल सरकारकै समस्या भएकाले सरोकारवाला सबै पक्षसँग गम्भीर छलफलको आवश्यकता रहेको औँल्याएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment