सोमबार सुनचाँदीको मूल्य घट्यो

३२ साउन, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २०० रुपैयाँ कायम कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & Silvernepaltechnology
Comments (0)
Add Comment