मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३१ साउन, काठमाडौं । साउन २७ गते बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।

कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आइपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment