सुनको मूल्य आज पनि बढ्यो

२९ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार २ सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज घटेर तोलामा ११८५ कायम गरिएको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGoldgold price increaseLockdownnepalNews
Comments (0)
Add Comment