रहेनन् अभिनेता अनुपम श्याम

२५ साउन, मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अनुपम श्यामको आइतबार निधन भएको छ । उनी ६३ वर्षका थिए । उनलाई केही दिन अघि मृगौलासँग सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनलाई अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई केही दिनदेखि आइसियूबाट निकालेर भेन्टिलेटरमा राखिएको थियो । डाक्टरका अनुसार अन्तिम समयमा उनको शरीरका अंगले काम गरेका थिएनन् ।

अनुपमको जन्म २० सेप्टेम्बर १९६७ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनको प्रारम्भिक शिक्षा प्रतापगढमा नै भयो । त्यसपछि उनी लखनऊको भारतेन्दु नाट्य एकेडेमीमा थिएटर विषयमा भर्ना भए । नयाँदिल्ली आएपछि उनी श्रीराम सेन्टर रंगमण्डलमा जोडिए र नेशनल स्कुल अफ ड्रामाबाट उनले अभिनयको प्रशिक्षण लिए ।

उनले कैयौं फिल्ममा अभिनय गरे पनि टेलिफिल्म ‘मन की आवाज प्रतिज्ञा’बाट लोकप्रियता पाए । उनले ‘अमरावती की कथाएँ’, ‘रिश्ते’, ‘क्यूंकि…जीना इसी का नाम है’, ‘हमने ली है शपथ’, ‘डोली अरमानों’, ‘कृष्णा चली लण्डन’ जस्ता टेलिफिल्ममा अभिनय गरेका थिए । उनले फिल्ममा ‘संघर्ष’, ‘दुश्मन’, ‘दिल से’, ‘प्यार तो होना ही था’, ‘परजानिया’, ‘गोलमाल’, ‘नायकः द रियल हीरो’ र ‘पाप शक्तिः द पावर’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Anupam ShyamCoronavirusdigital khabarhealthLockdowntechnology
Comments (0)
Add Comment