नेपालमा थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण

२२ साउन, काठमाडाैँ । नेपालमा थप ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शुक्रबार ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी ९ हजार ४९३ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको हो।

पीसीआर परीक्षणबाट २ हजार ४३० जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा ६ हजार १८२ जनाएको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment