कागेश्वरी मनोहरा नगरपालिकामा भेरोसेलको दोस्रो खोप भोलीदेखि

२१ साउन, काठमाडौं । नेपाल सरकारले सञ्चालन गरेको खोप कार्यक्रम अन्तर्गत देशभरी भेरोसेलको दोस्रो मात्रा खोप साउन २२ गते शुक्रवार बाट सुरु हुदैछ ।

खोप कार्यक्रम अन्तर्गत काठमाडौं स्थित कागेश्वरी मनोहरा नगरपालिकामा भेरोसेलको दोस्रो खोप भोलीदेखि लगाइने छ ।

कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाएको २१ दिन पुरा भएका व्यक्तिहरुले भेरोसिलको दोस्रो खोप लगाउने व्यवस्था गरिएको नगरपालिकाका प्रवक्त्ता राजाराम पुडासैनीले जानकारी दिनुभयो ।

खोप साउन २२(भोली) गतेदेखि २४ गतेसम्म लगाइने छ भने नगरपालिका भर ९ वटा केन्द्र समेत तोकिएको छ ।

पहिलो खोप लगाएको खोप कार्ड लिएर आफूलाई पायक पर्ने नगरपालिकाले तोकेका खोपकेन्द्रमा गई दोस्रो डोज लगाउन सकिने छ । बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment