निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा, नयाँ सरकारले देला त न्याय ?

१० श्रावण, काठमाडाैँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ । यसबीचमा हत्याको अनुसन्धानका लागि विभिन्न समिति गठनदेखि दवाव दिइए पनि सत्यतथ्य खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताउनुभयो । उहाँका अनुसार अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन् । अनुसन्धानका क्रममा ६ सयजनालाई लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ भने करिब एक सयजनाको डीएनए परीक्षण भएको छ ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब निर्मलालाइ वर्तमान सरकारले न्याय दिनुपर्ने बताउनुभएकाे छ । सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएकाे छ, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वबर्ष पुग्यो । सम्माननिय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग, सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment