एकता बखतकै ५१ नेतालाई सनाखतका लागि बोलाउने निर्वाचन आयोगको निर्णय

०७ साउन, काठमाडौं । निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएको छ । आयोगले पार्टी आधिकारिकता सम्बन्धमा जसपा एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने निर्णय गरेको छ ।

दुवै पक्षको बहसपछि आयोगले बिहीबार यस्तो निर्णय गरेको हो । सनाखतका लागि ११ साउनको बिहान ११ बजे नागरिकताको सक्कलसहित ५१ उपस्थित हुन आयोगले भनेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

अध्यक्ष उपेन्द्र यादव पक्षले एकताताकाकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पुनर्गठन गरिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो । ठाकुर पक्षले आफूनिकट नेतालाई कार्यकारिणी समितिमा मनोनीत गर्दै आफूसँग बहुमत रहेको दाबी आयोगमा गरेको थियो ।

साउन ३ गतेदेखि आयोगको इजलासमा बहस भइरहेको थियो। जसपाको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment