एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

०५ साउन, काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीकोे बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वाेच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल शुरु भएको छ ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment