शिल्पा शेट्टीका श्रीमान अश्लील चलचित्र निर्माणको आरोपमा पक्राउ

०५ साउन, मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा भारतीय व्यवसायी राज कुन्द्रा पोर्नोग्राफिक फिल्म निर्माणको आरोपमा पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चले उनलाई अश्लील चलचित्र निर्माण एवम् ओटिटि प्लेटफर्ममार्फत त्यसको वितरणको आरोपमा गएराति पक्राउ गरेको हो ।

क्राइम ब्रान्चले अश्लील फिल्म सुटिङ सम्बन्धि एउटा केश गएको फेव्रअरीमा दर्ता गरि छानबिन गरेको थियो । मुम्बई क्राइम ब्रान्चका अनुसार राज कुन्द्रा यो पूरा प्रकरणको मास्टर माइन्ड हुन् । उनलाई पूरा प्रमाण जुटाएर मात्र पक्राउ गरिएको क्राइम ब्रान्चको दाबी छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment