देउवालाई मोदीले बधाई नदिनुका कारण

०२ श्रावण, काठमाडाैं । सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि ‘नेभरहुड फर्स्ट पोलिसी’ अर्थात् ‘छिमेक पहिलो नीति’ अंगीकार गरे । यो नीतिअन्तर्गत पर्ने एउटा मुख्य देश नेपाल पनि हो । तर यस पटक नेपालमा नयाँ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा नियुक्त भएको चार दिन भइसक्दासमेत भारतीय प्रधानमन्त्री मोदीले बधाई सन्देश पठाएका छैनन् । शुक्रबार बेलुकीसम्म मोदीले देउवालाई कुनै पनि माध्यमबाट बधाई सन्देश पठाएको सूचना छैन ।

यसअघिका नेपाली प्रधानमन्त्रीहरूलाई मोदीले मन नपरे पनि सबैभन्दा पहिला सोसल मिडिया वा टेलिफोनको माध्यमबाट बधाई दिने गरेका थिए । उदाहरणका लागि दुई पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओली र मोदीबीचको सम्बन्ध चिसै थियो । तैपनि बधाई दिन कुनै ढिलाइ र कन्जुस्याइँ गरेनन् । २०७२ मा नेपालको संविधान जारी भएपछि पहिलो पटक प्रधानमन्त्री बनेका ओलीले भारतीय नाकाबन्दीको डटेर सामना गरे । २०७४ सालको चुनावपछि उनी दोस्रो कार्यालयका लागि प्रधानमन्त्री चुनिए । दुवै कार्यकालमा मोदीले तत्काल बधाई दिएका थिए ।

यस पटक देउवालाई मोदीले प्रधानमन्त्री भएको चार दिन बितिसक्दा पनि बधाई सन्देश पठाएनन् । यसले भारतले देउवा सरकारलाई कसरी हेर्छ वा हेरिरहेको छ भन्ने संकेत गर्छ । पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ भेखबहादुर थापा हरेक मुलुकले आ–आफ्नो हिसाबले प्राथमिकतालाई लेखाजोखा गर्ने र त्यही सुरमा अघि बढ्ने मान्छन् । ‘पहिला सुसूचित गर्ने र कुन प्रकारको सन्देश दिने भन्ने सोचेको पनि हुन सक्छ,’ उनले भने, ‘बधाई आयो कि आएन भनेर उत्सुकता हुनु स्वाभाविक हो, यसैलाई प्राथमिकता दिनु उपयुक्त हुन्न ।’

कान्तिपुर दैनिकले लेखेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment