सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले पायो आईपीओ निष्कासनको अनुमति

०१ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डका सह प्रबक्ता रुपेश केसीले असार ३१ गते बिहीवार दुबै कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको जानकारी दिएका हुन ।

सानिमा लाईफ इन्स्योरेन्सले जेठ ९ गते रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो । बोर्डले सोही बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । सानिमा लाईफको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बोर्डले रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो । कम्पनीले यो आईपीओ निष्कासनको लागि बैशाख १३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल मानुषी लघुवित्तको चुक्तापूँजी रू. ७ करोड रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabariponext project
Comments (0)
Add Comment