नेपाल राष्ट्र बैंककाे मोबाइल एप सञ्चालनमा

३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सञ्चालनमा ल्याएको छ । बुधबार नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ ।

आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले मोबाइल एपको शुभारम्भ गरिन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न राष्ट्र बैंकले जनाएको छ ।

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

उक्त एप हाल ‘बेटा भर्सन’ मा उपलब्ध रहेको र प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लैजाने बैंकले जनाएको छ । तत्कालको लागि मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुने र उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिब सिस्टममा समेत विस्तार राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ ।

गुगल प्लेस्टोरमा गएर उक्त एप डाउन्लोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment