डिभोर्स लगत्तै ‘लालसिंह चड्डा’को छायांकनका लागी लद्दाख पुगे आमिर र किरण

२६ असार, मुम्बई । गतसाता बलिउडमा हाइप्रोफाइल डिभोर्स भयो । आमिर खान र किरण रावले १५ वर्षको वैवाहिक सम्बन्धलाई अन्त्य गरे । निजी सम्बन्धको अन्त्य भएपनि व्यवसायिक सम्बन्ध भने उनीहरुको निरन्तर हुने देखिएको छ ।

जस्तो, डिभोर्स लगत्तै उनीहरु फिल्म लालसिंह चड्डा छायांकनका लागि लद्दाख पुगेका छन् । सार्वजनिक भएको एक तस्विरमा उनीहरुलाई सँगै देख्न सकिन्छ ।

उक्त फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेका अभिनेता नागार्जुन अक्किनेनीले आमिर र किरणसहितको तस्विर सेयर गरेका छन् । डिभोर्सपछि उनीहरुको यो पहिलो तस्विर हो जहाँ उनीहरु प्रफुल्ल मुद्रामा देखिएका छन् ।

डिभोर्स वक्तव्यमा आमिर र किरणले निजी सम्बन्ध टुंगिएपनि पानी फाउन्डेसनमा मिलेर काम गर्ने जनाएका थिए । फिल्म लालसिंह चड्डाको छायांकन लद्दाखमा सुरु भएको छ । यसअघि आमिर स्टारर ‘थ्री इडियट्स’ छायांकन पनि त्यहीँ भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment