आरबीबी म्युचुअल फण्ड-१ आजबाट विक्री खुल्ला

२३ असार, काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले असार २३ गतेदेखि आरविवी म्युचुअल फण्ड १ नामक सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । कम्पनीले संचालन गर्न लागेको यो पहिलो सामुहिक लगानी कोष योजना हो ।

कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये न्युनतम १ करोड ५० लाख इकाई कोष प्रबर्दक राष्ट्रिय वाणिज्य बैंकलाई, र न्युनतम २ प्रतिशत इकाई योजना ब्यबस्थापक आरविवी मर्चेन्टलाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले यस निष्काशनमा छिटोमा असार २७ गतेसम्म र त्यससमयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ सय इकिया र अधिकतम १ करोड इकाईको लागि दिन सकिने छ ।

यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “ हो । योजनाको समयावधि सात बर्षको रहनेछ । कम्पनीले ७ वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment