डढेलो र पहिरोको जोखिमका साथै ढुंगा,गिटी,बालुवा उत्खनन र चुरेको जलाधार संरक्षण सन्दर्भमा आज सार्थक वेबिनारको आयोजना हुँदै

२१ असार, काठमाडौं । नेपालको जनसंख्याको ठूलो हिस्साको निवास रहेको तराईको पानीको स्रोतको रुपमा रहेको चुरे क्षेत्रको संरक्षणको विषयमा आज सार्थक वेबिनार कार्यक्रमको आयोजना हुने भएको छ ।

सरकारले आगामी आर्थिक बर्षका लागि जेठ १५ मा ल्याएको बजेटमा ढुंगा,गिटी,बालुवा निकासी गर्ने विषय समेटको सन्दर्भमा चुरेको संरक्षणका विषयमा केन्द्रित हुने यो प्राज्ञिक बहस निकै सान्दर्भिक मानिएको छ ।

खानेपानीका स्रोतहरुको संरक्षण, खानेपानी र सरसफाईका क्षेत्रमा नवीनतम ज्ञान र प्रविधि र तिनमा आधारित उपकरणहरुको विकास,विस्तार र आम उपयोगमा सघाउने उद्देश्यले स्थापित स्मार्ट वास प्रा. लि.को आयोजनामा आज दिउसो २ बजेदेखि ४ बजेसम्म चुरेको जलाधार संरक्षणका बारेमा प्राज्ञिक बहस आयोजना गरिएको संस्थाका अध्यक्ष ई. रामदीप साहले बताउनुभएको छ ।

तराइ इञ्जिनियर्स समाज र चन्द्र इञ्जिनियरिड. कन्सल्ट्याण्टको आयोजनामा हुने यस बहसमा कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राध्यापक डा.बिनोद भट्टले ‘चुरे संरक्षणको गुरुयोजना र यसको दिशा’, त्रिभुवन विश्वविद्यालयको भूर्गभविभागका कार्यक्रम संयोजक डा.कविराज पौडेलले “चुरेभावर क्षेत्रमा जलसंशाधनको नक्सांकन र भैगर्भिक संवेदनशीलता” र भूमिगत जलविकास तथा जलभूगर्भका स्वतन्त्र परामर्शदाता ई.प्रतापसिंह तातेरले यस क्षेत्रको पानीको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

विज्ञहरुबाट प्रस्तुत हुने कार्यपत्रमा सिंचाइ र जलस्रोत व्यवस्थापनका स्वतन्त्र अन्तर्राष्ट्रिय परामर्शदाता डा.कृष्णचन्द्र प्रसाद साह र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पौडेलले टिप्पणी गर्ने कार्यक्रम रहेको जानकारी स्मार्ट वासका निर्देशक गिरिजा दाहालले दिनुभएको छ ।

कार्यक्रममा पूर्व मन्त्री गणेश साह, तराई प्रजातान्त्रिक इञ्जिनियर्सका सल्लाहकार ई.दिलिपकुमार झा र ई. हरिप्रसाद शर्माले पनि मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा तराईका विभिन्न नगरपालिका र गाउँ पालिकाका जनप्रतिनिधि र चुरे तथा तराईको भविष्यका बारेमा चासो राख्ने विज्ञ,सरोकारवाला र सर्वसाधरणको सहभागिता हुने बताइएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment