जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिन नै माग भन्दाबढिको आवेदन

११ असार, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीयमा ४ लाख माथिले आवेदन दिएका छन् । । आज शुक्रबार ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिगङ लिमिटेडका अपडेट गरेको नयाँ प्रणाली बनाएपछि आज जीवन विकास लघुवित्तको आइपीओ भर्न कुनै पनि समस्या नभइकन आवेदकले भर्न पाइरहेको सीडीएससीले जनाएको छ ।

कम्पनीको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment