मैले स्तनको सर्जरी गराएको छैन – सलमा हायेक

११ असार, लसएञ्जल्स(एजेन्सी) । अमेरिकी अभिनेत्री सलमा हायेकले आफ्नो अभिनयका कारण दर्शकको ध्यान आफूतिर आकर्षित गरिरहेकी छन् । उनी सुन्दरताका कारण पनि उत्तिकै लोकप्रिय छिन् । सलमा प्रायः आफ्नो शरीरका कारण चर्चामा आइरहन्छिन् ।

हालैमात्र उनले आफ्नो स्तन प्राकृतिक भएको बताएकी छन् । उनको बढ्दो स्तनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहँदा उनले पहिलोपटक स्तनका बारेमा खुलेर बोलेकी हुन् ।

‘धेरैजनाले मेरो स्तन बढ्यो भने । म उनीहरुलाई दोष दिन्नँ । मेरो स्तन सानो थियो र मेरो शरीरको बाँकी हिस्सा पनि यस्तै थियो’, ५४ वर्षीया अभिनेत्रीले भनेकी छन्, ‘गर्भवती, महिनावारी र तौल बढ्नुजस्तै स्तन पनि बढ्नु प्राकृतिक प्रक्रिया हो ।’ उनले महिलाको शरीरको तौल बढेसँगै स्तनको आकार पनि बढ्ने बताइन् ।

उनले आफ्नो स्तनको आकार बढ्नु आफ्ना लागि पीडादायी रहेको खुलाइन् । ‘मेरो ढाडमा निकै समस्या हुने गरेको छ । मानिसहरु यो बारेमा कुरा गर्दैनन् । मैले स्तनको सर्जरी गराएको छैन । यो आफैं बढेको हो’, उनले भनेकी छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment