बौद्ध नयाँबस्तीमा भेटिएकाे जलेको मानव खुट्टा महिलाकाे भएकाे पुष्टि, अनुसन्धान नलिहाड झिकिएको तर्फ केन्द्रित

०९ असार, काठमाडौं । गत जेठ २५ गते काठमाडौं महानगरपालिका–१० बौद्ध, नयाँबस्तीस्थित नौतलेमा एउटा काटेर फालिएको जलेको मानव खुट्टा कसको हो भन्ने अझै खुल्न सकेको छैन । १५ दिन विते पनि प्रहरीले फेलापरेको खुट्टा कस्को भनेर पत्ता लगाउन सकेको छैन ।

प्रहरीले ७७ वटै जिल्लाका प्रहरी इकाइलाई हराएका व्यक्तिको खोजीसूचीका लागि परिपत्र गरे नतिजा नआएपछि अनुसन्धानलाई थप नयाँ मोड दिएको छ । प्रहरीले हराएका व्यक्ति पत्ता लाग्न नसके पछि किन हत्या गरियो भन्नेतर्फ अनुसन्धान केन्द्रित गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरिक्षक नवीन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार खुट्टाको नलीहाड झिकिएको अवस्थामा फेला परेको थियो ।

कतिपय लामागुरुहरुले तान्त्रिक विधि प्रयोग गर्ने मुख्य सामग्रीमध्ये मुख्य मानिने कङलिङ (मानिसको खुट्टाको नलिहाडबाट बनाइएको) बनाउने प्रचलन रहेकाे बताइन्छ । केही समुदायकाे मृत्यु संस्कारमा कङलिङको प्रयोग लामाले अनिवार्य गर्नु पर्ने हुन्छ । प्रहरीले नलीहाड झिकिएको अवस्थामा खुट्टा भेटिएपछि अनुसन्धानलाई समेत गुम्वातर्फ मोडेको जनाएको छ । शव भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले नलीहाड झिकिएको र २० वर्षभन्दा माथिको वयस्क महिलाको भएको उल्लेख गरेको छ । तर शिक्षण अस्पताल महाराजगन्जले डीएनए रिपोर्ट तयार गर्न समय लगाएपछि प्रहरीले अनुसान्धानलाई अगाडि बडाउन समय लागेको जनाउदै थप विवरण अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने समेत जनाएको छ । शव हत्या गरी जलाइएको की जलाएर हत्या गरिएको भन्ने स्पष्ट हुन सकेको छैन । खुट्टा फेला परेको नजिक आगो लागेको वा कुनै वस्तु डढाइएको देखिएको थिएन । त्यसकारण शवको एक भाग त्यहाँ ल्याएर फालिएको प्रष्ट भएको छ । बिहान दुबो टिप्न निस्किएकी स्थानीय महिलाले खुट्टा देखिएपछि प्रहरीलाई खबर गरेकी थिइन ।

हत्या गरेर शरीर व्यवस्थापन गर्न सक्नेले खुट्टा मात्र त्यहाँ किन फाल्यो । खुट्टा फालिएको वरिपरी रगत पनि नभएकाले त्यो क्षेत्रमै हत्या भएको शंका गर्न सकिने अवस्था पनि नभएपछि प्रहरीका लागि यो प्रश्न चुनौतीपूर्ण बनेको छ । बौद्ध आसपास थप अन्य शवको भाग खोज्न पुरै अपरेशन नै चलायो तर फेला पार्न सकेन ।

समान्य अनुसन्धानले यो घटना पत्ता लगाउन नसक्ने निष्कर्ष पछि प्रहरी थप रणनीतिका साथ गुम्वा र धर्मगुरुहरुमा केन्द्रीत भएको जनाएको छ । बौद्ध क्षेत्र लामाधर्मगुरु, गुम्वा प्रसस्त भएको क्षेत्र मानिन्छ । डिएनए रिपोर्टका आधारमा थप अनुसन्धान हुने छ तर महिलाको शव भन्ने प्रमाणित भएकाले यसमा सबैले वेपत्ता भएका महिलाको खोजीमा सहयोग गर्न समेत सबैमा अनुरोध गरी सकेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरीनायव उपरिक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment