आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन

०७ असार, काठमाडौं । आज निर्जला एकादशी। ज्येष्ठ शुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्‍ने पर्वका रूपमा चिनिन्‍छ।

आज छरिएका तुलसीहरुको अंकुरण भएपछि ती बिरुवाहरुलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ ।

निर्जला अर्थात जलबिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ।

वर्षभरीका एकादशी तिथीको पुण्य प्राप्त हुने विश्‍वासमा आज पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment