सुनचाँदी बजार : कति छ आजको मूल्य ?

०६ असार, काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।

यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment