नाडालले विम्बल्डन र टोकियो ओलम्पिक नखेल्ने

०४ असार, एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिस र टोकियो ओलम्पिक नखेल्ने भएका छन् ।

नाडालले बिहीबार सामाजिक संजालबाट आफुले विम्बल्डन र ओलम्पिकबाट नाम फिर्ता लिएको बताएका छन् ।

‘मैले यस वर्षको विम्बल्डन र टोकियो ओलम्पिकमा भाग नलिने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन् ।

३५ वर्षीय नाडालले २ पटक विम्बल्डनको उपाधि जितेका छन् । यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।

२० पटकको ग्राण्डस्लाम विजेता नाडालले ओलम्पिकमा दुई स्वर्ण जितेका छन् । सन् २००८ मा एकलतर्फ र २०१६ को ओलम्पिकमा डबल्समा उपाधि जितेका थिए ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment