युवाहरुकाे भर्याङ चढेर निरन्तर सत्ताराेहण गर्ने नेपाली राजनीति

याेगेन्द्र खरेल

०१ असार, लिस्वाेन पाेर्चुगल ।
नेपालमा प्रतिनिधि सभाकाे निर्वाचनको माहाेल तातिरहेको थियाे । म पनि काङ्ग्रेस पार्टिकाे कार्यकर्ता थिए त्यति बेला । मलाई पनि निर्वाचनको बेला म सम्बध्द पार्टीले केही जिम्मेवारी दिएकाे थियाे । नेपालका राजनीतिक दलहरुकाे चरित्र र हर्कतहरु हेर्दा चुनावी प्रचारप्रसारमा पटक्कै हिड्ने मन थिएन । तर केही बाध्यताकाे कारण हिडेझै गरिरहेकाे थिए चुनावी अभियानमा । पहिले पनि धेरै चुनावहरुमा सक्रियताका साथ हिडिरहे, आम जनताहरुलाई विभिन्न आस्वासनहरु दियाै । चुनाव भयाे, जित पनि हासिल भयाे तर जनता प्रती गरिएका आस्वासनहरु पूरा हुन सकेनन। त्यसैले मलाई पुन: आस्वासन दिन र भाेट माग्न बिस्तारै लाज लागिरहेकाे थियाे ।

म त्याे निर्वाचनताका लगभग निस्कृय नै थिए । चुनावी माहाेल तातिरहेको थियाे । काङ्ग्रेस एक्लै चुनावी मैदानमा थियाे भने तत्कालीन नेकपा एमाले र नेकपा माअेाबादि केन्द्र चुनावी सहकार्य संगै पार्टी एकता गर्ने भनी चुनावमा हाेमिएकाे थियाे । कम्युनिस्ट गठबन्धनकाे तर्फबाट नेकपा माअेाबादि (केन्द्र ) का उम्मेदवार लाई जनमाेर्चाले पनि समर्थन गरेकाे थियाे ।

कम्युनिस्टका साथिहरु निकै उत्साह र हाैसलाका साथ चुनामा हाेमिएका थिए । अब दुबै पार्टी एक हुन्छ, हामी दुईतिहाई ल्याउछाै र दशकाे बिकास गर्छाै भन्ने उनिहरुकाे आशा थियाे । बिचरा स्थानीय नेता तथा कार्यकर्ताहरुलाई के थाहा माथिबाट त्यस्तै प्रशिक्षण थियाे र उनिहरु पनि त्यहि भनिरहेका थिए । गाउँ गाउँ मा रहेका साेझा साझा जनताहरुलाई विभिन्न आश्वासन दिइरहेका थिए, सायद ती सबै आश्वासनहरु आज झुटा साबित भईरकेका हाेलान । यसैगरी काङ्ग्रेसले पनि झुटा आश्वासनहरु बाडिनै रहेकाे थियाे ।

म स्कुल बाट फर्कदै थिए । कम्युनिस्ट गठबन्धनकाे तर्फबाट स्थानिय स्तरमा चुनावी प्रचारप्रसारमा खटिएकाे एउटा टाेलि संग मेराे भेट भयाे । उक्त टाेलिमा मेराे एक जना दाजु पनि हुनुहुन्थ्यो । उहाँहरु गाउँमा गएर विभिन्न आश्वासनहरु दिइरहनु भएकाे थियाे भाेटरहरु लाई । मैले साेहि बिषयमा उहाँ संग जिज्ञासा राखे । उहाँ सबै आश्वासनहरु पुरा गर्न सकिनेमा दृढ छाै भन्दै हुनुहुन्थ्यो । मैले मेराे राजनीतिक इतिहासका म सक्रिय भए हिडेकाे आम सर्वसाधारणहरुमा आश्वासनहरु दिएकाे तर चुनाव जिते पश्चात् ती आश्वासनहरु पूरा गर्न नसकिएका कैयाै उदाहरण हरु दिए । आज भाेलि ति जनता संग भेटेर भाेट माग्न समेत लज्जित हुनेगरेकाे अनुभव सुनाए ।

मैले उहालाई चुनावी प्रचारप्रसारमा नहिड्नु है भन्न खाेजेकाे थिएन , मैले चाहिँ नेताहरुले दिने झुटा आश्वासनहरुकाे स्थानीय नागरिहरुकाे बिचमा साक्षी नबस्नुस है भन्न खाेजेकाे थिए। तर चुनावी नशाले पुरै भिम्मल हुनुभएकाे उहाँ ले मेराे कुरा प्रति असहमति जनाउदै , हाम्राेे पार्टीले जितेमा सबै कामकुराहरु पूरा गर्ने भन्दै उल्टै म संग जङ्गिन थाल्नुभयाे , उहाले भन्नू भयाे चुनाव सम्पन्न भएकाे एक महिनाभित्र सबै आश्वासनहरु पूरा गरिने छ एक महिना पछि गरिएका आश्वासन पूरा नभएमा मलाई भेट्नु भनेर उल्टै मलाई नै च्याचेलेन्ज दिनु भाे । उहाँ र म विच टाठाे टाठाे स्वरमा कुरा भयाे ।

म चाहिँ काम नगर्ने , झुटा कुरा मात्रै गर्ने नेता र राजनीतिक दलहरुलाइ जिताउन हामी भर्याङ बन्नुहदैन भन्ने कुरामा आफुलेे आफुलाइ कन्भिन्स गरिसकेकाे थिए । म यहि कुरा उहालाई बुझाउन खाेज्दै थिए तर असफल भए । मैले उहालाई भनेकाे थिए याे कम्युनिस्ट कुनै हालतमा एकता हुदैन र तपाईंहरुले जनतासामु दिएका बाचाहरु कुनै हालतमा पूरा हुदैनन ।

उक्त चुनाब सम्पन्न भयाे , कम्युनिस्ट उम्मेदवारले बिजय हासिल गर्नु भयाे । काङ्ग्रेसले पराजय बेहाेर्याे जुन स्वभाविक थियाे। याे भन्दा अगाडि २ पटक सम्म जित हासिल गरेकाे काङ्ग्रेसले जनता सामु विभिन्न बाचाहरु गर्याे , आश्वासनहरु दियाे तर ती सबै झुठा साबित भए । जनतामा काङ्ग्रेस प्रति चरम निराशा भयाे । नयाँ बिकल्पकाे रुपमा आएकाे कम्युनिस्ट प्रति बिश्वास गर्नु आम जनताकाे केही ईच्छा र केही बाध्यता थियाे ।

चुनाब पछि नेकपा बन्याे करिब करिब दुई तिहाइ नजिककाे सरकार बन्याे । जनतामा केही आशा पलायाे । सरकारले विभिन्न आश्वासन दियाे । महत्त्वकांक्षि याेजनाहरु सुनायाे । विभिन्न दिवा सपनाहरु देखायाे । हल्लका फुल्का सस्ताे लाेकप्रियताका बाहेक आैषतमा राम्रो काम गर्न सकेन । याे कम्युनिस्टको दुइतिहाईकाे सरकार पनि बिगतका सरकारहरुकाे निरन्तरता सिवाय अरु बन्न सकेन । नैतिकता नभएका नेताहरुमा पद प्रतिष्ठा बाडफाडमा कुरा मिलेन । पार्टी भित्र किचलाे शुरु भयाे । करिब दुई बर्ष जति जनतासामु जात्रा देखाउदै कम्युनिस्ट एकताबाट बनेकाे पार्टीलाई चिराचिरा बनाए र थप कसरत जारि राखेका छन । याे सरकारकाे तिनबर्ष भन्दा बढिकाे समय देश काे बिकास र जनताकाे हितकाे पक्षमा साेच्ने, याेजना बनाउने र काम गर्ने भन्दा पनि आफुहरुकाे पद र प्रतिष्ठा व्यवस्थापनकाे किचलाे मै रुमल्लियाे कम्युनिस्ट सरकार । अन्ततः बिभाजन भयाे पार्टी र दुईतिहाइ नजिकरहेकाे कम्युनिस्ट सरकारले बहुमत जुटाउन नसकेर अनेकन हर्कत गरिरहेकाे छ कुर्सी जाेगाउन । याे र यस्तै पहिले नै बनिरहेका र अब बन्न सक्ने सरकारहरुले केही गरेनन र केही गर्दैनन भन्ने कुरा जब सम्म युवाहरुले बुझ्ने हिम्मत गर्दैनन तब सम्म देश यी र यस्तै नैतिकता गुमाएका नेताहरुकाे हातमा पुग्ने छ र दिनप्रतिदिन देश अधाेगति तिर लागिरहने छ ।

आज फेरि तिनै कमरेड दाइ संग कुरा भयाे । विगतकाे चुनावकाे कुरा भयाे । उहाँ ले मतदातासामु गर्नुभएकाे बाचाकाे कुरा भयाे । एक महिना भित्र यसाे गर्छाै उसाे गर्छाै भन्नुभएकाे कमरेड दाजु आज थाक्नु भएछ । मैले साेधेँ, दाजु हजुरले भनेकाे सरकार बनेकाे त तीन बर्ष भन्दा बढि भइसक्यो एक महिना भित्र पूरा गर्छाै भनेर जनतासामु गरेका बाचा पूरा भए त ? उहाँ अनुहार राताेपिराे बनाएर ङिच्च हास्नुभयाे र भन्नुभयाे छाेड यिनी कुरा । मैले फेरि प्रश्न गरेपछि उहाले भन्नुभयाे अब चाहिँ यिनिहरुका झुटा आश्वासन लिएर जनतासामु जान्न, जालिझेलि झुटकपट कुरा गर्नेहरुकाे लागि भर्याङ बन्दिन । उहाँको यति कुरा सुनेपछि एक महिनामा पूरा गरिने भनेर जनतालाई दिएका आश्वासनहरु पुर्णरुपमा झुटासावित भएछन भन्ने कुरा किलियर नै भयाे । याे बिषयमा कुराकानि हुँदै गर्दा उक्त चुनावमा साेझासाझा जनताहरु प्रति झुटा आश्वासन दिएर आफुले गल्ती गरेकाे भन्ने पुर्ण भाव उहाकाे अनुहारले र उहाले दिनुभएको अभिव्यक्ति ले वताइरहेकाे थियाे ।

काङ्ग्रेस सरकार र कम्युनिस्ट सरकारका कार्यसम्पादन हेर्याै भने यिनिहरुमा रत्तिभर भिन्नता पाइदैन । आफु र आफू निकटका काे हित बाहेक अरु कुनै जनताकाे हितमा साेच्ने, बाेल्ने,याेजना बनाउने र कार्यान्वयन गर्ने तर्फ ध्यान दिइएको पाइदैन । अहिले नेपालकाे मुल राजनीतिक धारमा रहेका नेकपा एमाले , नेपाली काङ्ग्रेस र नेकपा माआेबादि (केन्द्र ) र यिनहरुका नेताहरुकाे बाेलि व्याबहार , कार्यशैली र नियत हेराै त । सबै मा एउटै बिशेषता देखिन्छ मै खाउँ मै लाउँ । यिनहरुलाई देश र जनताकाे बारे साेच्ने र गर्ने फुर्सद छैन । सबै पार्टीको युवा पुस्ताका नेताहरुकाे आचरण हेर्दा लाग्छ उनिहरु उमेरले मात्र युवा हुन तर नियतमा चाहिँ बृद्ध नै । देख्दा हट्टाकट्टा हसिला जाेसिलाे देखिन्छन खाइलाग्दा देखिन्छन तर बाेलि ब्याबहार र आचरण हेर्याे भने हामिले असफल पुस्ता भनेर भनिने अघिल्लो पुस्ता भन्दा यिनिहरु रत्तिभर फरक छैनन । अब आम नागरिकले कसलाई बिश्वास गर्ने ? कसकाे भर पर्ने ?

अब चाहिँ उमेर र बिचार दुबैमा युवा देखिने युवा पुस्ताले एकपटक त्याग गर्ने बेला आएकाे छ । अब म मेराे पार्टि र मेराे नेता भन्ने मानसिकताबाट माथि उठेर हामी र हाम्राे पुस्ता र हाम्राे देश भन्ने बेला निकै ढिला भइसकेकाे छ । हुनत हामि सबै जना सामाजिक सन्जाल यस्तै भनेर रंग्याउछाै तर ब्याबहार चाहिँ उहीँ । म मेराे पार्टी र मेराे नेता । अब युवापुस्ताले परिक्षण भइसेकेका र सफल नभएका नेताहरुकाे लागि सत्ताराेहणकाे भर्याङ नबन्ने प्रतिज्ञा गर्नुपर्दछ । उमेर, बिचार र ब्याबहारमा युवा भएका साहसिक युवाहरुले नेतृत्व लिने साहस गर्नुपर्ने छ भने बाकि नेतृत्व बाहिर रहेका युवाहरुले त्यसलाई भरपुर सहयाेग गर्नुपर्ने हुन्छ । अब एक पटक सबै युवाहरुले साहसिक निर्णय गर्दै सबै युवाहरु सहकार्य गर्दै अघि बढ्नुकाे बिकल्प छैन यदि यसाे गर्न सकेनाै भने, हामिहरुलाइ निरन्तर चुसिरहेने छन र माेटाइरहने छन । हाम्रा नेता भनाउदाहरु ।

जय देश जय नेपाल



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment