जोकोभिचको १९ औं ग्राण्डस्लाम उपाधि,जोकोभिचले जिते फ्रेन्च ओपन टेनिसको उपाधि

३१ जेठ, एजेन्सी । विश्व नम्वर १ टेनिस खेलाडी सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।


उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६-७(६-८), २-६, ६-३,६-२ र ६-४ को सेटमा पराजित गरे ।

यससँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यस अघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए ।

जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।

महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोराले जितिन्

महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोराले जितिन् ।

शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन् ।

बारबोराले १३ औं वरीयताकी एनास्टासियालाई ६-१,२-६ र ६-४ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment