जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश

२९ जेठ, एजेन्सी । विश्व नम्वर १ नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

शीर्ष वरीयताका जोकोभिचले तेस्रो वरीयताका नाडाललाई ३-६,६-३,७-६(७-४) र ६-२ को सेटमा पराजित गरे ।

क्ले कोर्टको राजा मानिने नाडालमाथि जित निकाल्न जोकोभिचले ४ घण्टा बढीको समय खर्चिए ।

नाडाल १३ पटकको फ्रेन्च ओपन च्याम्पियन हुन् । जोकोभिचले एक पटक उपाधि जितेका छन् ।

अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस टित्सीपाससँग खेल्ने छन् ।

जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई हराएर स्टेफानोसले फाइनलमा स्थान पक्का गरेका हु।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment