आज नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा : १६ अर्वभन्दा माथिको कारोवार

२७ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक सामान्य अंकले घटेको छ । आज नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा पुगेको हो ।

आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज पाँचथर पावर कम्पनी, शिव श्री हाईड्रोपावर लिमिटेड लगायत १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सामान्य अंकले घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् । 

त्यस्तै, आज हाईड्रोपावर, विकास बैंक लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने जीवन बीमा, बैंक लगायत ७ समूहको समूहगत सुचक घटेको छ । जसमा हाईड्रोपावर समूहको सूचक सर्वाधिक बढी २.९९ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको सुचक सर्वाधिक बढी १.४४ प्रतिशतले घटेको छ ।

आज एचआइडिसीएलको सर्वाधिक बढि ९९ करोड ६५ लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ भने नेपाल पूनर्बीमा कम्पनीको ५७ करोड ५० लाख रुपैँया बराबरको सेयर कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment