नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

२५ जेठ, एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा सोमबार राति भएको खेलमा इटालीका जानिक सिन्नरलाई हराएर नाडालले अन्तिम आठको यात्रा तय गरेका हुन् ।

विश्व नम्बर तीन समेत रहेका नाडालले जानिकलाई ७-५,६-३ र ६-० ले पराजित गरे ।

१३ पटकको च्याम्पियन नाडालले अब स्विजरल्याण्डको डिएगो स्वार्ट्जम्यानसँग खेल्नेछन् ।

पोल्याण्डकी इगा स्विटेकले अन्तिम आठमा स्थानमा

महिलातर्फ साविक विजेता समेत रहेकी पोल्याण्डकी इगा स्विटेकले अन्तिम आठमा स्थान बनाएकी छिन् ।

स्विटेकले मार्टालाई ६-३ र ६-४ ले पराजित गरिन् ।

महिलातर्फ नै कोको गाउफले अन्तिम आठमा स्थान पक्का गरेकी छिन् ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment