सेरेना फ्रेन्च ओपनको चौंथो चरणमा

२२ जेठ, एजेन्सी । पूर्व विश्व नम्बर एक तथा अमेरिकी खेलाडी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन् ।

पेरिसमा शुक्रबार राति भएको खेलमा आफ्नै देशकी डानिले कोलिन्सलाई हराएर सेरेनाले चौंथो चरणमा स्थान पक्का गरेकी हुन् ।

३९ वर्षीय सेरेनाले कोलिन्सलाई ६-६ र ६-४ ले पराजित गरिन् ।

सातौं वरीयता प्राप्त सेरेनाले अब काजकिस्तानकी एलिना रेबिकासँग खेल्ने छिन् ।

२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले तीन पटक फ्रेन्च ओपन जितेकी छिन् ।

पुरुषतर्फ रुसका डेनील मेदभेदेबले चौंथो चरणमा स्थान बनाएका छन् ।

दोस्रो वरीयताका डेनीलले अमेरिकाका रेली ओपेल्कालाई ६-४,६-२ र ६-४ ले पराजित गरे ।

जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ पनि चौंथो चरणमा प्रवेश गरेका छन् ।

उनले सर्बियाका लास्लो डेरेलाई ६-२,७-५ र ६-२ ले पराजित गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment