“विन मागे मोति मिले, मागे मिले ना भिख” – कथा १

विन मागे मोति मिले, मागे मिले ना भिख ॥

शीर्षकमा पाँच (५) वटा कथा छन्
२१ जेठ, काठमाडौं । 

विवेक भौतिक रूपले कमजोर थिए । निर्धन भएकोले उनको घरमा शान्ति थिएन । उनको घर नजिक एक वन थियो । वनको बीचमा नारायणमन्दिर थियो । उनी हरेक दिन सबेरै उनै श्रीहरिको सेवामा जान्थे । साँझपख घर फर्कन्थे । श्रीहरिको सेवाबाट जो मिल्थ्यो, सकेको जति घरमा दिन्थे । तर कसैको बोझ बनेनन् । उनी मनका धनी थिए । अत: यसैमा उनलाई सन्तोष थियो । त्यसरी नित्य भगवानको सेवा गर्दा एकदिन भगवान प्रशन्न हुनुभयो र दर्शन दिनु भयो । त्यसदिनको भोलीफल्ट ठीक त्यही समयमा पुन: दर्शन दिई तीन वरदान गर्नुहुने आश्वासन भयो । उसका गोडा भूईमा अडिएनन् । उसलाई अपार सुखानुभुति भयो । भगवानको घरमा अबेर होला तर अँधेरो छैन भने झैं लाग्यो । कतिखेर भोलि होला झैं भयो ।

सदा झैं भोलिपल्ट भगवानको सेवामा जाँदैगर्दा विवेकको पाइला अस्थिर र बेगवान थिए । मन गदगद थियो । नाँच्दै र गाउँदै थियो । बाटोमा राज महल पर्थ्यो । वेपरवाह र सुखी उसलाई दरवारमा लगियो । उसले श्रीहरिको दर्शन पाएको र वरदान पाउने वयान ग-यो। राजकन्या जन्मजात बोल्न नसक्ने थिइन् । राजाले आफ्नो छोरीका लागि एक वरदानस्वरूप उनको बोली खुल्ने वरदान माग्न भने ।

बाटोमा एउटा दुखी किसान भेटियो । उसले पनि विवेकलाई खुशीसाथ उफ्रँदै उफ्रँदै वेपरवाह अघि बढ्नुको कारण सोध्यो । उनले श्रीहरिबाट वरदान हुने खबर दिए । किसानले खेतमा मेहनत गरेजति उब्जनी नभएको र दिनानु दिन गरिबी बढ्दै गरेको वयान गरे । उनले किसानका लागि गरिबी नाश र दु:ख हरणको एक वरदान माग्न भने ।

जंगल प्रवेश द्वारमा एक तपस्वी भेटिए । उनले पनि खुसीले वेपर्वाह विवेकलाई जंगलभित्र प्रवेश गर्दै गरेको देख्यो । त्यसरी खुशी र हर्ष हुनुको कारण जान्न खोज्यो । उसले सबै कुरा बेलिविस्तार भने। तपस्वी तेस्रो नेत्र खुलाउन तपस्यारत थिए । तपस्वीको तेस्रो नेत्र खुल्ने एक वरदान माग्न भने ।

विवेकले राजाका लागि, किसानका लागि र तपस्वीका लागि जम्मा तीनवटा वरमाग्नु पर्ने भयो । ठीक छ, श्रीहरि दयालु हुनुहुन्छ, त्यहि कुरा मनन गर्दै विवेक मन्दीरमा पुगे । त्यहाँको सफासुग्घर ग-यो । अनि मन्दीरको ढोका अगाडि पद्मासन जमाएर ध्यानमुद्रामा बस्यो। केही क्षणमा नै विवेकलाई केही सितल अनुभव भयो । दिव्य सुवास र आजुबाजुको झङ्कार गुञ्जन भैरहेथ्यो । बन्द आँखाले पनि तेज बिम्ब दर्शन गरे । दिव्य हरिगानसहित उसलाई कसैले स्पर्श गरे झैं लाग्दैथ्यो ।

बाबु, प्रीय भक्त ! अाँखा खोल, म आएँ ! त्यस्ता देववाणी उसका कानले प्रष्ट सुन्यो । श्रीमन्नारायण चराचरजगतका स्वामी सर्वाङ्ग आजुबाजु सहित प्रीय भक्तलाई दर्शन दिन स्वयं यस धराधाममा पाल्नुभएछ । भक्तले झट्ट, अबेर नगरी आसन देखि खडा भै प्रभुलाई षाष्टाङ्ग दण्डवत प्रणाम गरे । उनका दुईनेत्रदेखि प्रवाहित अश्रुधाराले प्रभुका चरण पखालिए । प्रभुले भक्तलाई कष्ट दिन चाहनु भएन, बरु दुवै करकमलले उसलाई उठाई गलामिलाउनु भयो । भक्तका आँखा बन्द नै थिए, मुखमा अवाक् बाणिले पालो पाएकै थिएन, हृदयदेखि भक्कानिएर अलौकिक उच्च आनन्दको रसास्वादन गरिरहे । बाबु, भक्त ! आँखा खोल भन्नुभयो । प्रभुले भक्तलाई तीनवटा वरदान माग्न आज्ञा गर्नुभयो ।

भक्तले चार वरदान हुन अनुरोध गरे । उनका भाग्यमा तीन वरदानले नै प्रसस्त हुने भएकोले शान्त रहन आज्ञा भयो । प्रभु त्रीलोकी तथा त्रीकालद्रष्टा हुनुहुन्छ । वहाँ आफ्ना भक्तको त्रीताप हरण गरि चतुर्विध पुरुषार्थ द्वारा धन्य गर्नु हुन्छ । त्यस्ता एकमात्र पालनकर्ता श्रीहरिले जो गर्नुहुन्छ भलो गर्नुहुन्छ ।

  • तीनवटा वरदान मध्ये पहिलोमा राजकुमारीको बोली कहिले खुल्छ भगवन्?
  • राजकुमारीको बिहे गराईदेउ, कन्यादान पश्चात् तत्कालै बोल्न थाल्नेछिन् ।
  • किसानको खेतमा गरेको लगानीभन्दा बढी उब्जा हुनु प-यो ।
  • खेतको बीचमा रहेको ठूलो ढुंगा हटाएर त्यहाँ छोपिराखेको रत्न निकाल्नु, त्यही हो उसको सम्पत्ति ।
  • एउटा तपस्वीको त्रीनेत्र खुलाउनु छ ।
  • उसको ललाटको घाउमा खील छ, त्यो हटाउन लगाउनु, तत्कालै उसको त्रीनेत्र खुल्नेछ ।

त्यस किसिमबाट तीन वरदान भयो ।

चौतारामा रहेको पिपल छहारीमा कसैलाई जान बन्देज छैन । गंगाजलमा सबैले गोतालगाउन सक्छन् । विद्याश्रमका गुरुले पढाउँदै गर्दा विनाउचनीच, धनीगरिवको भेदरहित सबले पढ्न पाईरहेछन् । घाम, गुरु, नदी, पिपल चौतारी, देवधाम र उनै परोपकारका धनी श्रीहरि निरन्तर डटिरहनुभएको छ भने उसले पनि भाविजीवन परहितका खातिर अर्पण ग-यो । भगवानबाट दर्शन पाउँदा एकै वरदान स्वरूप जो वहाँबाट असीम आलिङ्गन बकस भयो, त्यो नै उसका लागि सर्वोत्तम वरदान थियो । उसले सम्झ्यो कि त्यसप्रकार भगवानको अालिङ्गनस्पर्शले उसको शरीरमा अलौकिक एवं दिव्य अंश स्वरूप तेज प्राप्त भयो । उसले मातापिता र परसेवाको परिणामलाई तारिफ गर्दै भगवानको चरणमा पुनः शरण प-यो ।

गदगद हुँदै भक्तले नमस्कार गर्दा वहाँले पनि मुसुक्क हाँसेर तिम्रो जय होस् भन्नुभयो । अनि वहाँ अन्तरध्यान हुनुभयो ।
जंगलको द्वारमा तपस्या गर्दैरहेका साधुले त्रीनेत्र खुल्ने वरदानको विषयमा सोधे । उसले तपस्वीलाई निधारको फोको शल्यद्वारा हटाँउदा त्रीनेत्र खुल्ने वरदान सुनाए ।


किसानको यथेष्ट उव्जनीकाे वरदानका बारेमा खेतको गराका बीचमा खाडल पार्दै खन्नु, बडेमानको ढुङ्गा देखिनेछ र त्यसलाई हटाउनु, गाडधन फेला पर्नेछ ।

राजाले उसलाई वरदानको विषयमा प्रश्न राख्नुभयो । राजकुमारीको विवाह गरेपछि वक्य खुल्ने वरदान बताए ।
भक्तका तीन वरदान वितरण सम्पन्न भयो। वितरणपछि हातमा केही बाँकी थिएन जो खुद उसका लागि बचेको होस् । चार दुखीहरू मध्ये तीन जनाले भगवानको सेवा नगरिकनै धन्य भए ।

राजकुमारीको विवाह योग्य बरको तलासी गर्दा अन्य कतै पाउन नसकेका राजाका नजर भक्तका पुत्रमाथि परेदेखि राजाको चयन हराए । उनको सोच अन्त्यसम्म कतै गएन । भक्तका कान्छा छोरामाथि दैवदृष्टि परेकाले यति ठूलो र अपार भिडभाडयुक्त संसार सानो र शून्यप्रायः भयो । राजमानसमा भक्तकै छोरा मात्र झलझली आउन थाल्यो । जसको पुरपुरो तेजिलो र देवअंश प्राप्त छ उ भाग्यमानी कहलाउँछ। लाटी राजकुमारी विवाह कन्यादान लिन्न भन्ने केटाले पनि कता कता पिताज्यूप्रति राजाबाट देखाएको कुटुम्बिपनको सम्मान गर्ने भावनावसात् जग्गेमा थपक्क बस्यो । राजाबाट राजकुुमारीको हात बरका हातमा राखेर पानीको धारो लगाउँदा लगाउँदै गर्दा पुरोहितले कन्यालाई यसो भन, उसो भन भनेको जस्ता तस्तै बोली फुटे ।

राजकन्याले बरलाई नीच देखाउँदै गरि बोलेको छ तापनि राजप्रसादमा हर्षको सीमा रहेन । दरबारियाका बीच मच्चिएको खैलाबैला धेरै समयसम्म टिक्न सकेन । हल्लिखल्ली मजामा परिणत भयो । सम्धीका परिवारले जीवन निर्वाहका लागि यथेष्ट सम्पत्ति पाए । आफ्नोतर्फबाट कुनै कुराको कमी नहुने गरि सम्पन्नता दिलाएर कन्यादान भयो ।

साधुले ललाटको अपरेशन गरेर खील निकाले। किनभने उनको तृनेत्र खोल्नु थियो । खीलमणि त्यही भक्तलाई बुझाईदिए । साधु काम-क्रोध-लोभ-मोह रूपि चारवासनादेखि मुक्त भए । तहाँ उप्रान्त परमानन्दले उनै चतुर्भुज श्रीहरिको सेवामा रहँदा भए। भक्त पनि एउटा ब्राह्मणको ललाटछेडि निकालिएको खीलमणि पाएपछि दिनानुदिन चौतर्फी प्रशंसा र तारिफ पाउन थाले ।

किसानले खेतकाे माँझमा खाडल पार्दा भेटिएको ढुंगालाई हटाए । त्यस ढुंगा मुनि पुरिएका तीन धोक्रा असर्फी मध्ये एक धोक्रो भक्तलाई दिए । एक धोक्रो राजाकहाँ र एक धोक्रो आफुले राखे ।

भगवानले प्रकट भएपछि सबैथोक एकैपटक दिएर भक्तको जीवन धन्य गरिदिनु भयो । शुरुशुरुमा दैवमाथि भक्तले शङ्का गरेका पनि हुन्, उनको कठोर परीक्षा सकेका भक्त आखिरमा सफल भए । दयावान् भगवानले सबैको झोली भरिदिनुभयो । सबैको परिणामबाट घुमाई घुमाई लगेर अन्तत: स्वयं भक्तलाई केन्द्रीयरूपमा मालामाल गरिदिनुभयो । खासमा कसैलाई छुटाउनु भएन, सबैलाई एकैसाथ दिनुभयो र भक्तका लागि भने विशेषतः गर्नुभयो । साधुदेखि सारा देशबासी कोही छुट्नु भएन । माग्नेले भीख पाएन तर भक्तले आफ्नालागि केही नमागिकन नै सबैथोक पायो ।

धन्य भगवान् ।




मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment