आज मंगलबार नेप्से कारोबार सूचक घट्यो

१८ जेठ, काठमाडौं । साताको तेस्रो दिन आज मंगलबारको कारोबारमा नेप्से सूचक घटेको छ । आज नेप्से सूचक ११.६८ अंकले घटेर २७७१.१५ को बिन्दुमा पुगेको हो ।

आज ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार १ सय १७ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३ सय ५४ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज कालीका पावर कम्पनीको सेयर मूल्यमा मात्र सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज विकास बैंक, फाईनान्स र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको समूहगत सुचक घटेकोे छ । होटेल र पर्यटन समुहको सूचक सर्वाधिक बढि २.५९ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५७ करोड ०८ लाख र लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepseshare market
Comments (0)
Add Comment