रुस र पाकिस्तानले ११२२ किलो मिटर लामो ग्यास पाईपलाईन निर्माण गर्ने

१८ जेष्ठ, एजेन्सी । रुस र पाकिस्तानबीच पाकिस्तानको कराचीँदेखि रुसको कासुर शहर सम्म ११२२ किलो मिटर लामो ग्यास पाईपलाईन निर्माण गर्ने सम्झौता भएको छ ।

पाकिस्तान स्टीम ग्यास पाईपलाईन नाम दिईको यो परियोजनामा हालै हस्ताक्षर भएको बताईएको छ ।
यो रणनीतिक पाईपलाईनको शिलन्यासका लागि रुसी राष्ट्रपति भ्लादीमीर पुटिन पाकिस्तान आउन सक्ने संभावना रहेको बताईएको छ ।

यो परियोजनाको सम्पूर्ण खर्च २.२५ अर्ब डलर लाग्ने अनुमान गरिएको छ । जसको ७४ प्रतिशत खर्च पाकिस्तानले व्यहोर्ने छ । शुरुमा सन् २०१५ मा पुरै खर्च रुसले गर्ने भनिएको भए पनि अमेरीकी प्रतिवन्धका कारण यो संसोधन गरिएको हो ।

यो रणनीतिक सम्झौतालाई भारतीय अखबारहरुले भने भारतको लागि खतराको घण्टी भनेका छन् ।
रुस र पाकिस्तानबीच सैन्य सम्बन्ध पनि बाक्लिदै गएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Digital Khaba3:09 PM 6/1/20213:09 PM 6/1/2021rImran Khan Vlidimar PutinLockdownnepalNewsPakistanPipe LinePoliticQuarantineRussia
Comments (0)
Add Comment