सरकार चलाउन पनि नदिनु, बनाउनु पनि नसक्नु, जनतामा भ्रम फिँजाएको फिँजायै गालीगलौजमा उत्रिनु, अशिष्टता, असभ्यता, अमर्यादाको खेती गर्नु यो चाहिँ संविधानसम्मत हो ?

१८ जेठ, काठमाडौं । राजनीतिक हिसाबले अहिले विभिन्न प्रकारका भ्रमहरु मानिसहरुले फिँजाइरहेका छन् । अहिलेको सरकार संविधान अनुसार चलेन, संविधान कुल्चियो, संविधान च्यात्यो, प्रतिगमन भयो जस्ता भ्रमपूर्ण कुराहरु गरिरहेका छन् । निर्वाचन हुनु जनतालाई राजनीतिक पार्टीका कामहरु मूल्यांकन गर्न जनतालाई दिनु र जनताले मूल्यांकन मार्फत दिएको जनादेशलाई स्वीकार्नु र त्यसअनुसार अगाडि बढ्नु लोकतन्त्र हो कि ? सरकार चलाउन पनि नदिनु, बनाउनु पनि नसक्नु, जनतामा भ्रम फिँजाएको फिँजायै गालीगलौजमा उत्रिनु, अशिष्टता, असभ्यता, अमर्यादाको खेती गर्नु यो चाहिँ संविधानसम्मत हो ?

मानिसहरु झूठा, कीर्ते, दल विभाजनकारी र निर्दलीय परिपाटीमा गई… दलले दिनुपर्ने विश्वास खाली त्यो प्रधानमन्त्री बनेर चुनाव गराउने मात्रै उद्देश्य हो अहिलेका विरोधीहरुको । सरकार चलाउने उद्देश्य होइन । सरकार चलाउनलाई त उनीहरुले विश्वासको मत प्राप्त गर्ने कुनै आधारै छैन । उनीहरुसँग बेस्सरी उर्लिएर आउँदाखेरि १२४ भोट छ । कम्तिमा १३६ भोट चाहिन्छ । १२४ भोट छ भने त्यो भन्दा बढी १२ भोट कहाँबाट ल्याउने ? आकाशबाट त खस्दैन । अब बर्खा सिजन लाग्न थाल्यो, त्यसमा पनि आउने होइन । मनसुनसँग त आउँदैन सिटहरु । भने, त्यो त एमालेसँग १२१ त एक्लै छ । अनि अरु शक्तिहरु बाँकी होलान् ।

पार्टीगत रुपमा होइन, गैर पार्टीगत, अनुशासनहीन अराजक । लोकतन्त्रको विश्व इतिहासमा सबभन्दा ठूलो कालो धब्बाको रुपमा अनुशासनहीन, अराजकता, अन्तरघात, विश्वासघात, यसप्रंकारका अलोकतान्त्रिक, अमर्यादित, क्रियाकलाप । आफूले गरेका प्रतिज्ञा र आफूले खाएका सपथहरुभन्दा विपरीत लाज नमानिकन चल्नेखालका लोकतान्त्रिक मूल्य मान्यता संस्कार र आचरण विपरीतका क्रियाकलाप गरेर, पार्टीको दलीय अनुशासनभन्दा बाहिर गएर चलेका छन् । कसैको घरभित्र पसेर त्यहाँ कुना काप्चाका कुडा कर्कटहरु जम्मा गरेर लगेर राष्ट्रपतिकहाँ पेश गर्ने ? त्यो पनि कुनै सिलसिलेबार निवेदन छैन । म सुन्छु कुनै एउटा पातामा दुईजनाको नाम, अर्को पातामा पाँचजनाको नाम । न माथि छ, न सिरान छ, न टुप्पो छ । पुलिस्केपका पातामा टिपेक्स लाएर केरमेट गरेका । प्रमाणित पनि छैनन् । राष्ट्रपतिकहाँ जाँदा १४९ छ भनेर जाने, अदालतमा जाँदा १४६ छौं भन्ने, त्यहीँ देखियो नि ।

राष्ट्रपतिकहाँ वहाँहरु जानेवित्तिकै बजारमा वक्तव्यको लस्कर चल्यो, लाइन चल्यो कि मेरो हस्ताक्षर छैन, यस प्रयोजनमा मैले गरेको होइन । त्यहीँ खण्डित भयो । तेस्रो दिनमा अदालत जाँदा तीनजना घटिसकेका छन् । दिनको एकजना घटे । अदालत गएका दिनदेखि अहिलेसम्म दिनको एकजनाका दरले घट्दा कति घटे होला ? यस्ता फर्जी कुराहरु लिएर अदालत जाने ।

दलीय लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने निर्दलीय आचरणको प्र्रतिनिधित्व गर्ने वकालत गर्दै त्यसको सम्वाहक शक्तिका रुपमा, लोकतन्त्रविरोधी सम्वाहक शक्तिका रुपमा अदालत जाने । राष्ट्रपतिकहाँ जाने । र, भ्रम फिँजाउने, सरकार संवैधानिक हिसाबले छैन । यी कुराहरुको खण्डन हाम्रा युवाहरुले गर्नुपर्दछ । युवा संघले संगठित ढंगले यसको नेतृत्व गर्नुपर्दछ ।

अहिले कोभिड महामारीका बेला कसरी निर्वाचन गर्ने ? निर्वाचन घोषणा गर्नैहुन्नथ्यो भन्ने कुप्रचार गरिराखेका छन् । यो कुप्रचारको जवाफ युवा संघले गाउँ गाउँमा गएर दिनुपर्छ । यतिबेला कोभिड– १९ ले मोबिलिटीलाई रोकेको छ । धेरै मोबिलिटी गर्नुपर्दैन, तपाईहरु टेलिफोनबाट बताउन सक्नुहुन्छ । सोसल डिस्ट्यान्स कायम गरेर, मास्क लगाएर, दुई मिटरको दुरी कायम राखेर तपाईहरु वल्लो घर पल्लोघरमा कुरा गर्न सक्नुहुन्छ । खासगरी सामाजिक सञ्जालको मार्फत, एसएमएस गरेर, ट्विट गरेर, लाइक गरेर, लेख लेखेर त्यसलाई प्रकाशित गरेर, यस्ता थुप्रै माध्यमहरु छन् ।

एउटा पुरानो गीत छ– गाउँ गाउँबाट उठ । …. हातमा कलम हुनेहरु कलम लिएर उठ । बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ । हातमा केही नहुनेहरु आवाज लिएर उठ । आफूसँग जे छ त्यो । केही छैन भने आवाज त छ । सत्य त छ हामीसँग । तर्कहरु छन् हामीसँग । महान उद्देश्यहरु छन् हामीसँग । पवित्र बाटो छ हामीसँग । पवित्र कामहरु छन् हामीसँग । ती लिएर हामी अगाडि बढ्न सक्छौं । गीत लेख्न जान्नेले लेखेर, बजाउन जान्नेले बजाएर, गाउन जान्नेले गाएर । अरु लेख्न जान्ननेले लेखेर । भन्न जान्नेले भनेर । तर्क राख्न जान्नेले तर्क राखेर हामी अगाडि बढ्न सक्छौं ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarKP Sharma OliLockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment