बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड, पुरानै आयोजनालाई निरन्तरता

१५ जेठ, बुटवल । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

बजेटमा लुम्बिनी प्रदेशका दर्जनौँ ठूला योजनाको निरन्तरता छ भने केही नयाँ योजना समावेश भएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, पर्यटन क्षेत्रका योजनाहरुमा बजेट बिनियोजन गरिएको छ ।

चार दशकदेखि थाती रहेको लुम्बिनी विकास गुरुयोजनालाई २ वर्षभित्र सक्नेगरी बजेट राखिएको छ । बृहत्तर बौद्ध सर्किट निर्माणका लागि डेढ अर्ब बजेट बिनियोजन भएको छ । रामग्राम, तिलौराकोट, लुम्बिनीसहितका क्षेत्र बौद्ध सर्किटमा छन् । त्यस्तै तिलौराकोटलाई विश्वसम्पदा सूचिमा राख्न प्रक्रिया थालिने अर्थमन्त्री पौडेलले बताए ।

अर्थमन्त्री पौडेलका अनुसार बुटवलको सरकारी मेडिकल कलेजको निर्माण कार्य शुरु गरिने गरी बजेट बिनियोजन भएको छ । यो मेडिकल कलेज शंकरनगरमा निर्माण गर्ने गरी कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै सैनामैनाको कर्साघाटमा कृषि थोक बजार निर्माण गर्न बजेट बिनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए । अर्घाखाँचीमा कृषि भण्डारण केन्द्र बनाइने भएको छ ।

तिनाउ दानव नदी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइएको छ । कालीगण्डकी–तिनाउ सिचाई आयोजनालाई बजेट राखिएको छ । पाल्पामा मौसमी राडर निर्माण गरिने गरी बजेट बिनियोजन भएको छ ।

रुपन्देहीको मोतिपुर र बाकेको नौवस्था औद्योगिक क्षेत्रको पूर्वाधार २ वर्षभित्र सकिने योजना बजेटमा छ । बर्दियाको राजापुरका विशेष आर्थिक क्षेत्र बनाउन विस्तृत अध्ययन गरिने भएको छ ।

भैरहवा र नेपालगञ्जको एकीकृत जाच चौकी निर्माण सक्ने योजना बजेटमा समावेश भएको छ । भैरहवाको बेलहियामा २ हजार गाडी अट्ने पार्किङस्थल बनाईने गरी बजेट बिनियोजन अर्थमन्त्री पौडेलले गरेका छन् ।

गुल्मीको रुरु क्षेत्रको विकासका लागि आवश्यक बजेट बिनियोजन भएको छ । जितगढीको विकास गर्न बजेट छुट्टिएको छ । भैरहवा र नेपालगञ्जको क्रिकेट मैदान निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिएको छ ।

पाल्पाको बर्तुङ लिफ्ट खानेपानी, झुम्साखोला खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन भएको छ । बाके र बर्दियामा बबई भेरी भेरि डाइभर्सनबाट खानेपानीको व्यवस्था गर्ने योजना बनाइएको छ । बाँकेमा रहेको सिक्टा सिचाई आयोजना सम्पन्न गर्न सरकारले १ अर्व ५६ करोड बजेट बिनियोजन गरेको छ । पौडेलले २ वर्षमा बाँकी रहेका निर्माण सम्पन्न गर्ने गरि बजेट छुट्टाएको जानकारी दिए ।

बुटवल–नारायणगढ चार लेनको सडक छिटो सक्ने योजना बजेटमा छ । त्यसका साथै महेन्द्र राजमार्गको बुटवल–कोहलपुर सडकलाई विस्तार गर्न अध्ययन गरिने योजना छ । यी सडक योजनाका लागि १५ अर्ब बढी बजेट बिनियोजन गरिएको छ ।

सिद्धार्थ राजमार्गलाई डेडिकेटेड लाइनमा विस्तार गर्न बजेट बिनियोजन भएको छ । सिद्धार्थ राजमार्ग सिद्धवावा–दोभान खण्डमा सुरुङ बनाउन बजेट बिनियोजन गरिएको छ । प्रवास–जोर्ते र बर्दघाट–दुम्किबास सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

बुटवल–भैरहवा–लुम्बिनी सडकमा साझेदारीमा विद्युतीय बस चलाउन अनुदान दिइने भएको छ । अर्घाखाँची र गुल्मीमा एकीकृत बस्ती निर्माण गर्ने गरी बजेट बिनियोजन भएको छ ।

नेपालगञ्ज, सिद्धार्थनगर, परासी, तौलिहवा, गुलरिया लगायतका शहरमा ढल बिकास गर्ने गरी १० अर्ब बढी बजेट बिनियोजन गरिएको छ । बुटवललाई मेगासिटीको रुपमा विकास गर्ने योजना बजेटमा समावेश भएको छ । त्यस्तै बुटवलमा भूमिगत विद्युतीय लाइन बनाइने भएको छ ।

तानसेनमा शहरी पूर्वाधार विकास गरी शहरलाई पुर्नजागृत गर्ने योजना बजेटमा छ । देउखुरीमा पूर्वाधार निर्माण गर्न वित्तिय हस्तान्तरण गरिने भएको छ । रुकुम पूर्व, नवलपरासी पूर्वको पूर्वाधार बनाउन पनि बजेट राखिएको छ ।

गौतमबुद्ध बिमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण र सञ्चालनमा ल्याउन १३ अर्ब बढी बजेट बनियोजन भएको छ । गुल्मीको सिमिचौरमा रहेको बिमानस्थलमा उडान भर्ने गरी बजेट व्यवस्थापन भएको छ । त्यस्तै अर्घाखाँचीको विमानस्थल निर्माणमा बजेट बिनियोजन गरिएको छ । दाङको नारायणपुर बिमानस्थलका लागि बजेट राखिएको छ ।

बुटवल धागो कारखानालाई सञ्चालनका लागि निजी क्षेत्रसंग आह्वान गरिने भएको छ । भैरहवा विमानस्थलमा भन्सार कार्यालय सञ्चालनमा ल्याइएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryLIVELockdownLumbaninepalNewsPoliticQuarantine
Comments (0)
Add Comment