काभ्रे पनि थपियो जेठ २२ गतेसम्म निषेधाज्ञा

११ जेठ, काभ्रेपलान्चोक। काठमाडौं उपत्यकामा १ हप्ता निषेधाज्ञा थप संगै काभ्रेपलान्चोक जिल्लामा पनि जेठ २२ गतेसम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार निषेधाज्ञाको अवधि थप गरेको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरिएको जनाएका छन्। यसअघि तोकिएको निषेधाज्ञाको अवधि बुधबार राति १२ बजे सकिदैँछ। कोरोना संक्रमणमा कुनै कमि नआएकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको उनले जानकारी दिए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै कोरोना नियन्त्रणमा कमी नआएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न नपाउने उनले बताए। खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने उनी बताउँछन्।

बैंक तथा वित्तिय संस्था आलोपोलो प्रणालीबाट संचालन गर्नुपर्ने र औषधि पसल स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि सञ्चालन गर्न पाइने उनी बताउँछन।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

coronacoviddigital khabarlockdown in kathmandulockdown in kavre
Comments (0)
Add Comment