कोरोना कहरमा सक्रिय स्थानीय जनप्रतिनिधि

लक्ष्मण फुयाल

०८ जेठ, बनेपा काभ्रे । देशमा कोरोना कहर संगै राजनैतिक उतारचढाव कायम रहेको छ । कोरोनाबाट दैनिक हजारौ संक्रमित थपिरहेका छन् । सरकारले कोरोना संक्रमण रोक्न नेपालको ७४ जिल्लामा अंशिक तथा पूर्णरुपमा निषेधा जारी गरेको छ ।

बनेपा नगरपालिका सदस्य
गंगा प्रसाद घिमिरे

कोरोना महामारी रोक्न देशको सरकार देखी स्थानीय सरकार सवैको दायित्व रहेको हुन्छ तर यर्थाथमा नेपाल सरकार तथा स्थानीयले राम्रोसंग काम नगरेको गुनासो गर्छन काभ्रेपलाञ्चोक जिल्ला स्थित बनेपा नगरपालिकाको वडा ०२ का वडा सदस्य गंगा प्रसाद घिमिरे ।

तर यस क्षेत्रको कोरोना कहरको समयमा दिनरात हामी सेवामा समर्पित रहेको बताउनुहन्छ स्थानीय जनप्रतिनिधी वडा अध्यक्ष हरिशरण घिमिरे। यस महामारीको समयमा आफूमात्रै नभएर आफ्नो वडाको पुरै टिम सेवामा खटिएका छौ ।

हामी जनताको निम्ति शासक होइन जनताको सेवक हौ , जस्तो सुकै अवस्था, परिस्थितीमा सेवामा समर्पित रहेको वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।

यस वडाको अध्यक्षमा हरिशरण घिमिरे, वडा सदस्य गंगा प्रसाद घिमिरे, नबराज घिमिरे, कमला घिमिरे, रुपा मिजार लगायत छन्। वडाका सचिवमा राम नाथ कायस्थ र सह सचिव नन्दप्रसाद घिमिरे रहेका छन् ।

बनेपा नगरपालिका वडा २ का जनप्रतिनिधीहरु स्वास्थ्य समाग्री वितरण गर्दै

कोरोना कहरबाट यस क्षेत्रमा पनि प्रभाव परेको छ । यस बनेपा नपा वडा २ मा २४ कोरोना संक्रमित रहेका छन, उनीहरु सवै होम आइसोलेसनमा रहेका जानकारी दिदै वडा सदस्य गंगा प्रसाद घिमिरेले हिजो मात्रै यस वडाका सवै जनप्रतिनिधि मार्फत सामजिक दुरी कायम गर्दै संक्रमिहरुमा हौसला दिदै र स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छौ । जसमा विरामीहरुलाई औषधी सिटामोल, भिटामिन सी क्यापसुल, डिटोल सावुन,सेनिटाइजर, मास्क हरलिक्स लगायतका सामाग्री वितरण भएको थियो ।

कोरोनाको पहिलो कहरमा यस क्षेत्रमा संक्रमण हुन नदिन सफल भएको थियौ तर अहिले दोस्रो लहरले हामीलाई समेत प्रभावित पारेकाले यस क्षेत्रलाई जोगाउन लकडाउनको पालना गराउन तथा संक्रमणबाट बच्न स्वास्थ्य जानकारी दिदै आएका छौ ।संगै स्वास्थ्य सामाग्री वितरण पनि घर घरमै गएर गरेको यस सामाजिक कार्यबाट संक्रमण कम हुने आस रहेको घिमिरेले बताउनुभयो ।

यस बनेपा नगरपालिका वडा ०२ का सदस्य गंगा प्रसाद घिमिरे सधै सामजिक कार्यमा अग्रसर हुन्छन । उनी स्थानीय विकास निमार्ण कार्य देखी वडाका हरेक क्षेत्र शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक कार्यक्रमा क्रियासिल रहेको स्थानीय बताउछन् ।

कोरोनको पहिलो कहरमा उनले वडा भित्र स्वास्थ्य सामाग्री तथा खाध्यन्न वितरणमा पनि अग्रसर भएर काम गरेका थिए ।

यस कोरोना कहरमा स्थानीय जनप्रतिनिधिहरुको यस साामाजिक कार्यकहरुप्रति स्थानीयहरुले काम प्रति खु:सी जनाएका छन् ।

यस बनेपा नगरपालिका भित्र अहिले १०७८ संक्रमण रहेकोमा ३३५ निको भएको र संक्रिय संक्रमित ७२८ जना रहेका छन् ।

बनेपा नगरपालिका वडा २ का जनप्रतिनिधीहरु

बनेपा नगरपालिका वडा नम्वर ०२ क्षेत्र नालाबाट करिव ३ किमी माथि रहेको छ । यस क्षेत्रमा घिमिरे गाउँ, वस्टार , लगायतका गाउँ पर्दछन । यो क्षेत्र पुरानो टुकुचा गाविस अन्तर्गत रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar